प्यूठान । स्वर्गद्वारी नगरपालिकाले तिहारमा फुलका माला प्रयोग गर्न अनुरोध गरेको छ ।
प्लाष्टिक जन्य मालाको प्रयोग बिस्तारै कम गर्दै लैजाने नगरकार्यपालिकाको निर्णय अनुसार तिहारमा फुलका माला प्रयोग गर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज भट्टराईले बताउनुभयो ।
फुलको अभाव हुन नदिन नगरपालिकाको वडा नं. ७ सोत्रेमा बिपन्न महिलाहरुका लागि फुल खेती प्रबर्द्धन कार्यक्रम मार्फत सयपत्री फुल खेती गरिएको नगरपालिकाले जनाएको छ ।
