> खेलकुद > स्वर्गद्वारी नगरपालिकामा सातौं मेयर कप प्रतियोगिता शुरु


स्वर्गद्वारी नगरपालिकामा सातौं मेयर कप प्रतियोगिता शुरु

प्यूठान । स्वर्गद्वारी नगरपालिकामा सातौं मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । एक समारोहका बीच नगर प्रमुख टेक प्रसाद भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

 

प्रतियोगितामा भलिबल र क्रीकेट खेल संचालन हुने नगर खेलकुद बिकास समितिका संयोजक दुर्गा बहादुर बुढाथोकीले बताउनुभयो ।

 

भलिबल तर्फ ९ र क्रीकेट तर्फ ७ टिम सहभागी रहेको उहाँले जानकारी दिनुभयो ।