प्यूठान । सरुमारानी गाउँपालिकाले प्लाष्टिकजन्य फुलमाल बिक्रि बितरणमा रोक लगाएको छ ।
यस्ता फुलमालाले वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले रोक लगाइएको प्रमुख प्रशासकिय अधिकृत त्रिबिक्रम खड्काले बताउनुभयो ।
पुष्पखेती प्रबर्द्धन तथा वातावरण संरक्षणका लागि प्लाष्टिकजन्य फुलमाल प्रयोग तथा बितरणमा रोक लगाईएको पालिकाले जनाएको छ ।
नजिकिँदै गएको तिहार पर्वमा फुलको अधिक प्रयोग हुने भएकोले पालिकाका विभिन्न ठाउँमा उत्पादन गरिएका सयपत्री तथा मखमली फुलको बिक्रि बितरणको आवश्यक प्रबन्ध मिलाईएको अधिकृत खड्काले जानकारी दिनुभयो ।
