प्यूठान । न्यु गोल्डेन युवा क्लव गौमुखी गाउँपालिका-१ अर्तुबाङ्गले छठौं बार्षिक उत्सवको अवसरमा महिला र पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
पुरुष तर्फको प्रतियोगितामा प्रथम डि.डि.वाई.सी. बाग्लुङ, दोश्रो बेसिवन जागरण क्लब अर्खा र तेश्रो न्यु स्पोर्ट्स रजवारा भएको छ । महिला भलिबल तर्फ प्रथम -गौमुखी संरक्षण अर्खा, दोश्रो देउराली ग्रीन अर्खा र तेश्रो रानिताल रजवारा भएका छ्न ।
प्रतियोगितामा पुरुष तर्फ ३२ र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो ।
