> समाज > प्रपोगाण्डाले सहि सूचना छुट्टाउनै मुस्किल : प्रदेश संसद शर्मा


प्रपोगाण्डाले सहि सूचना छुट्टाउनै मुस्किल : प्रदेश संसद शर्मा

प्यूठान । अपवाहका समाचार सामग्रीले नागरिकलाई सहि सूचना छुट्टाउनै समस्या हुने गरेको लुम्बिनी प्रदेश सभाका सदस्य तुल्सिराम शर्माले बताउनुभएको छ । प्रपोगाण्डाका सामाग्रीले को पत्रकार हो, को होइन भन्ने छुट्याउन मुस्किल पर्ने गरेको उहाँको भनाई थियो ।

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको मर्यादित पत्रकारिताका लागि महासंघको भुमिका बिषयक अन्तर्कृया कार्यक्रम बोल्दै उहाँले पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक परिवर्तनसँगै पत्रकारिताका चुनौतिमा समेत परिवर्तन आउने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

 

प्रेस स्वतन्त्रताका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिहरु केही फट्याइँ गर्नेहरुका कारण जोखिममा पर्ने खतरा देखिएकोले इमानदारिताका साथ सत्यको पक्षमा उभिन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

 

पछिल्लो राजनीतिक घटनाक्रमले राष्ट्रियता कमजोर भई उपलब्धिहरु गुम्ने खतरा देखिएकोले सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो ।

 

महासंघले आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर अन्तर्कृया कार्यक्रम आयोजना गरेको हो ।