> समाज > समुदायको श्रमदानबाट विद्यालयमा पर्खाल निर्माण


समुदायको श्रमदानबाट विद्यालयमा पर्खाल निर्माण

प्यूठान । समुदायले श्रमदान गरेर बिद्यालयको खेलमैदानको पर्खाल निर्माण गरेका छ्न । दुर्गा माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका-४ खबाङमा पर्खाल निर्माण गरिएको हो ।

 

विद्यालय ब्यबस्थापन समिति, अभिभावक, सामाजिक अगुवा, शिक्षक र विद्यार्थीले श्रमदान मार्फत पर्खाल निर्माण गरेको ब्यबस्थापन समितिका अध्यक्ष ईश्वर थापाले बताउनुभयो । असोज १९ र २० गते दुई दिन संचालन भएको श्रमदानमा १८१ जना सहभागी भएको उहाँले बताउनुभयो ।

 

गतवर्षदेखि प्रत्येक वर्ष दुई दिन श्रमदान गर्ने विद्यालय ब्यबस्थापन समितिको निर्णय अनुसार यस वर्ष पर्खाल निर्माण गरिएको हो । विद्यालयमा ४०१ जना विद्यार्थी अध्ययनरत छन ।