> साहित्य सृजना > गीतकार आविष्कार कलाको स्वदेश गीत बजारमा (भिडियो सहित)


गीतकार आविष्कार कलाको स्वदेश गीत बजारमा (भिडियो सहित)

कृष्णराज पाण्डेय÷प्यूसस

प्यूठान, २८ माघ ।

गीतकार आविष्कार कलाको स्वदेश गीत बजारमा आएको छ । ‘सगरमाथा गर्वको छाती’ बोलको गीत बजारमा आएको हो । प्यूठान मल्लरानी गाउँपालिका–३ सालठाटी निवासी प्रगतिवादी युवा कवि तथा गीतकार कलाले रचना गरेको गीतमा स्वर गायक राजन पालुङ्गा लिम्बुले दिएका छन भने सङ्गीत तथा सङ्गीत संयोजन कृष्णभक्त राईको रहेको छ ।

https://www.youtube.com/watch?v=SOrCIRCtF5I

गीतको म्युजिक भिडियो युमा आर्टसको युटुब च्यानलबाट सार्वजनिक भएको छ । देशमा पछिल्लो समय युवाहरु बढ्दो रुपमा विदेसिएको यर्थाथलाई गीतमा समेटिएको छ । देशमा नै पसिना पोखौ यहीं माटोमा सुन फलाउन सकिन्छ भन्ने मुल आसय सहितको देशभक्तिपूर्ण भावना रहेको गीतकार कलाले बताउनुभएको छ । कलाले यसअघि सीमाना अतिक्रमणका विरुद्धको खवरदार विस्तारवाद गीत प्रस्तुत गर्नुभएको थियो । कलाले मुख्यत सामाजिक बिकृती विसंगतिमा प्रहार गर्दै देशभक्तिमा आधारित गीत कविता लेख्ने गर्नुहुन्छ ।

सगरमाथा गर्वको छाती

गरेर काम देशकै लागि यो देश सजाऊ……..२

नेपाली हामी नेपाल भित्रै पसिना बगाउ …….२

जोश र जाँगर सीमाना पारी भो अब नबगाउ ……२

नेपाली हामी मिलेर सबै यहीँ देश सजाऊ…………२

माटोको माया देशको माया मुटुमै राखेर …….२

तराई पहाड हिमाल सजाऊ कम्मरै कसेर

अखण्ड ज्योति बल्दछ यहाँ यो हाम्रो भूमिमा ……२

भूगोलमा सानो सुन्दरमा स्वर्ग संसारै भरिमा ।

सौन्दर्य खानी प्राकृतिक रानी अटल हिमाल …..२

सुन है फल्छ सीमाना भित्र यो देश नेपाल

पसिना बगाइ यहीँ देशको माटो गरेर सिँचाइ …..२

सगरमाथा गर्वको छाती संसारकै उँचाइ ।….२