प्यूठान, १७ माघ । प्यूठानमा शुक्रबार साझ अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
मल्लरानी गाउँपालिका वडा नं २ चुजाँबाट चुजाँठाटीतिर आउदैँ गरेको रा १ ह ५१५४ नं को अटो शुक्रबार साझ साढे सात बजेको समयमा दुर्घटना हुदा अटो चालक मल्लरानी गाउँपालिका वडा नं ३ बर्बोटका ४० वर्षिय जनक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवारमा राखिएको समेत उहाँले बताउनुभयो ।













