> राष्ट्रिय > प्यूठानका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु


प्यूठानका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

प्यूठान, ९ मंसिर । प्यूठानका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका वडा नं. ६ का ७८ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषलाई कात्तिक २७ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको थियो ।

कोरोनाको आशंकामा कात्तिक ३० गते स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको र मंसिर १ गते कोरोना पोजेटिभ रिर्पोट आएको थियो । त्यसपछि उपचारका लागि मंसिर २ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वर्गद्धारी नगरपालिकामा २ जना, माण्डवी गाउँपालिकामा १ जना र नौबहिनी गाउँपालिकामा १ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।