> समाज > सबै मतदान स्थल पुगे निर्वाचन सामाग्री र कर्मचारी, मतदानको तयारी अन्तिम चरणमा


सबै मतदान स्थल पुगे निर्वाचन सामाग्री र कर्मचारी, मतदानको तयारी अन्तिम चरणमा

श्रीराम भण्डारी

प्यूठान । फागुन २१ गते बिहिवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदानका लागि सम्पुर्ण निर्वाचन सामाग्री सहित कर्मचारीहरु मतदान स्थल पुगेका छ्न ।

 

मतदान स्थल पुगेका कर्मचारीले सर्बदलिय बैठक गरी निर्वाचन कार्यक्रम अघि बढाएकाे प्यूठानका मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले बताउनुभयो । प्यूठानमा १५८ मतदान स्थलका २३० मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र रहेका छ्न ।

 

मतदान कार्यक्रमलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित रुपमा सम्पन्न गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले जानकारी दिनुभयो । मतदान स्थल, मतदाता, कर्मचारी, निर्वाचन सामाग्रीको सुरक्षाका लागि निर्वाचन प्रहरी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छ्न ।

 

गएराति १२ बजेदेखि निर्वाचनको मौन अबधि सुरु भएकाेले यस्को सुस्म अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय आचारसंहिता अनुगमन समिति संयोजक लक्ष्मीदेवी शर्माले जानकारी दिनुभयो । आचारसंहिताको पुर्णपालना गर्न सम्बद्ध सबैमा अनुरोध गर्दै उहाँले उल्लंघनका गतिविधि भएमा कार्वाही गर्ने उल्लेख गर्नुभयो ।