प्यूठान । चाडपर्वलाई राजनीतिक रङ नदिन प्यूठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले अनुरोध गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको यस अवधिमा चाडपर्व परेकोले चाडपर्व मनाउँदा राजनीतिक रङ नदिन उहाँले यस्तो आग्रह गर्नुभयो । `पक्षधरता देखिने गरि चाडपर्व मनाउने काम नगरौं ।´ ,उहाँले भन्नुभयो, `धर्म संस्कृतिमा राजनीति नगरौं ।´ आज जिल्लामा मगर दिवस मनाईदै छ भने निर्वाचनको दिन फागुन २१ गते अघि होलि, रामजान लगायतका पर्व परेका छ्न ।
निर्वाचनका तयारी अन्तिम चरणमा पुगेको प्रजिअ प्रसाईंले जानकारी दिनुभयो । फागुन १८ गते साँझसम्म कर्मचारी मतदान स्थल पुग्ने मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताउनुभयो ।
१ लाख ६५ हजार ४०६ मतदाता रहेको जिल्लामा १५८ मतदान स्थलका २३० मतदान केन्द्र रहेका छ्न । कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र तोकीएको छ ।
