> समाज > ‘बगेनी’ र ‘महाप्रभु’ ब्राण्ड पछि नयाँ एसि सस्पेन्सन बस प्यूठान भित्रिदै


‘बगेनी’ र ‘महाप्रभु’ ब्राण्ड पछि नयाँ एसि सस्पेन्सन बस प्यूठान भित्रिदै

प्यूठान । ‘बगेनी’ र ‘महाप्रभु’ ब्राण्डमा यातायात सेवा दिँदै आएको नमस्ते प्यूठान यातायात सेवा प्रा.लि.ले नयाँ एसि सस्पेन्सन बस सेवा संचालनमा ल्याउने भएको छ । एसि र सस्पेन्सन सुविधा सहितका नयाँ पाँच वटा बस ल्याउन लागिएको समितिले जनाएको छ ।

 

प्यूठानबाट लामोदुरीमा संचालनमा आउने नयाँ एसि सस्पेन्सन बसले यात्रुलाई सुविधा प्रदान गर्ने समितिका महासचिव मुकेश थापाले जानकारी दिनुभयो । शुरुमा संचालनमा ल्याइएका पुराना गाडी हटाएर नयाँ मोडेलका बस ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।
नयाँ वर्ष २०८३ सँगै यात्रुहरुले यो सुविधा उपयोग गर्न पाउने छन् । २०७३ सालदेखि समितिले प्यूठानबाट यातायात सेवा दिँदै आएको छ । समयानुकुल सेवालाई थप गुणस्तरीय र प्रविधियुक्त सेवा दिन समिति सदैव प्रतिवद्ध रहेको समितिका अध्यक्ष लिलाप सिंह केसीले बताउनुभयो ।

 

जिल्लाका आन्तरिक र बाह्य रुटमा समितिले १५० बढि साना ठूला सवारी साधनबाट सेवा दिइरहेको समितिका सचिव तथा कार्यकारी निर्देशक दिलबहादुर दसौदीले जानकारी दिनुभयो । समितिमा आवद्ध भई करिव ५०० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको उहाँले बताउनुभयो ।