> स्थानीय सरकार > गौमुखी गाउँपालिका आफ्नै भवनमा, निर्माण कम्पनी पुरस्कृत


गौमुखी गाउँपालिका आफ्नै भवनमा, निर्माण कम्पनी पुरस्कृत

प्यूठान । गौमुखी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका वीच गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले भवनको औपचारिक उद्घाटन गर्नुभयो ।

 

६ करोड २३ लाख ५५ हजार रुपैंयाको लागतमा पुँजालिवासेमा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको उहाँको बताउनुभयो ।

 

निर्माण सम्झौता अनुसार समयावधि अगावै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई भवन उद्घाटनको अवसरमा पुरस्कृत गरिएको छ । १०६ दिन अगावै निर्माण सम्पन्न भएको भवनको निर्माण मल्लरानी कन्ष्ट्रक्सन प्रा.लि.ले गरेको हो । सोहि अवसरमा निशुल्क जग्गादातालाई समेत सम्मान गरिएको छ ।