> समाज > बैंक खाता मार्फत कारोवार गर्न उम्मेदवारहरुलाई निर्वाचन कार्यालयको अनुरोध


बैंक खाता मार्फत कारोवार गर्न उम्मेदवारहरुलाई निर्वाचन कार्यालयको अनुरोध

प्यूठान । प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुलाई बैंक खाता संचालन गर्न जिल्ला निर्वाचन कार्यालय प्यूठानले अनुरोध गरेको छ । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले प्रचार प्रसारका क्रममा हुने आम्दानी खर्चको कारोवारलाई बैंकिङ्ग प्रणाली मार्फत गर्न अनुरोध गरेको हो ।

 

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम निर्वाचन प्रचार प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्विकृत भई कार्यान्वयनमा रहेकोले यस्तो आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी पदम बहादुर डाँगीले जानकारी दिनुभयो ।

 

उम्मेदवारहरुले बैक खाता संचालन गर्ने र यसै खाता मार्फत आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोवार गर्न कार्यालयले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको हो ।