प्यूठान । प्यूठान उद्योग बाणिज्य संघले व्यवसायीहरुलाई घरदैलो सेवा शुरु गरेको छ । मल्लरानी बजार क्षेत्रको चुँजाठाँटी र धरमपानीमा घरदैलो सेवा गरिएको हो ।
सेवालाई विस्तार गर्द जिल्लाभरका सदस्यहरुलाई घरमै सेवा लिने संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो । ंसंघका सदस्य तथा उद्योग व्यवसायीहरुको गुनासो सकलन, प्रचलित कानुन अनुसारका न्युनतम मापदण्डका विषयमा जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।
घरदैलो सेवा अन्तरगत व्यवसाय दर्ता तथा नविकरण, स्थानीय तह, घरेलु कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयसँग सम्बन्धीत विषयमा समेत व्यवसायीहरुलाई जानकारी गराउने गरिएको कार्यकारी निर्देशक खनालले बताउनुभयो ।
