प्यूठान । पिकअप जीपको ठक्करले प्यूठानमा ३८ महिने बालकको ज्यान गएको छ । जीपको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा प्यूठान अस्पतालमा ज्यान गएको हो ।
माण्डवी गाउँपालिका–४ उदयपुरकोट माझगाउँका ३८ महिनाका मिसन थापा मगरको मृत्यु भएको हो । चकचकेदेखि उदयपुरकोट जाँदै गरेको लु ३ च ६७७७ नम्बरको जीपको ठक्कर दिएको थियो ।
सवारी र चालक इलाका प्रहरी कार्यालय विजुवारको नियन्त्रणमा छ ।
फोटो : एआईबाट निर्मित सांङ्केतिक फोटो
