> समाज > एभरग्रिन स्कुलका विद्यार्थीहरुले गरे कला र विज्ञान प्रदर्शनी


एभरग्रिन स्कुलका विद्यार्थीहरुले गरे कला र विज्ञान प्रदर्शनी

प्यूठान । एभरग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुल प्यूठान नगरपालिका–४ जुम्रिका विद्यार्थीहरुले कला र विज्ञान प्रदर्शनी गरेका छन् । मंगलबार विद्यालय परिसरमा यस्तो प्रदर्शनी गरेका हुन् ।

 

विद्यार्थीहरुले तयार गरेको विज्ञानसँग सम्बन्धित कला र शिल्पका प्रदर्शनी गरिएको थियो । विद्यार्थी आफैंंले तयार गरेका सामाग्री आफैंले प्रस्तुतीकरण गर्दा विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक सीपको विकास हुने स्कुलका प्रीन्सिपल संजय सिंह गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

 

प्रदर्शनीका जनप्रतिनिधि सहित अभिभावकहरुले अवलोकन गरेका थिए । सोहि अवसरमा विद्यार्थीहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रदर्शन गरेको विद्यालयले जनाएको छ ।