> समाज > एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे (भिडियो सहित)


एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे (भिडियो सहित)

तेजेन्द्र विएम

प्यूठान । प्रतिनिधि सभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार रहनुभएका सूर्य थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरेका छन् । चुनावी भेटघाटमा रहनुभएका एमाले उम्मेदवार थापालाई सरुमारनी गाउँपालिका–३ सुजिनपुरमा स्थानीयले आफ्नै भाषामा स्वागत गरेका हुन् ।

मगर समुदायको बहुल्यता रहेको सुजिनपुरका स्थानीयले मगर भाषामा स्वागत गर्दै आफ्नो कुराहरु राखेका छन् । यहाँको विकासमा कायापलट ल्याउने नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना, नौघाट पक्की पुल, सडक स्तरोन्नतीका विषयमा निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापाको ध्यानाकर्षण गराएको स्थानीय विरबहादुर राना मगरले जानकारी दिनुभयो । राम्रो काम गरिरहेका वेला कार्यकाल पुरा हुन नपाउँदै संसद विघटन भएकाले पुनः थापालाई विजयी गराउने स्थानीयले प्रतिवद्धता व्यक्त गरेका छन् ।

पछिल्लो तीन दिनदेखि सरुमारानी गाउँपालिका क्षेत्रका विभिन्न बस्तीमा स्थानीयसँग भेटघाट गरिरहनुभएका उम्मेदवार थापालाई यहाँका स्थानीयले सोमवार साँझ भेट गरेका हुन् । साँझ अवेर भएको भेटका क्रममा थापाले स्थानीय प्रति आभार व्यक्त गर्नुभयो । भेटघाटको क्रममा नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका सदस्य चिन्त सोमै मगरले मगर भाषामै कार्यक्रमको औपचारिक संचालन गर्नुभएको थियो ।