> समाज > प्यूठानका करिव ३ हजार किशोरीलाई एचपिभि खोप दिइने


प्यूठानका करिव ३ हजार किशोरीलाई एचपिभि खोप दिइने

प्यूठान । जिल्लाका करिव ३ हजार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिन लागिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत कक्षामा ६ मा अध्ययनरत र समुदायमा रहेका १० वर्षका किशोरीहरुलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

कक्षामा ६ मा अध्ययन गर्ने २ हजार ८५७ र समुदायका ५५ गरी २ हजार ९१२ किशोरीहरुलाई एच.पि.भि. भ्याक्सिन दिन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका मधुसुदन खड्काले जानकारी दिनुभयो । गतवर्ष अभियानका रुपमा दिइएको यो खोप गतवर्ष छुटेका किशोरीहरुलाई समेत दिइने उहाँले बताउनुभयो ।

 

माघ २५ गतेदेखि जिल्लाभर तय गरिएका खोप केन्द्रबाट खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । गतवर्ष कक्षा ६ देखि १० सम्म अध्यनरत र समुदायका १० देखि १४ वर्ष उमेर समुहका १३ हजार १०९ किशोरीलाई अभियानका रुपमा खोप दिइएको थियो ।