> राष्ट्रिय > प्यूठानमा नेपाली कांग्रेसबाट गोबिन्द पोख्रेलको मनोनयन दर्ता


प्यूठानमा नेपाली कांग्रेसबाट गोबिन्द पोख्रेलको मनोनयन दर्ता

प्यूठान । नेपाली कांग्रेसका प्रा.डा. गोबिन्दराज पोख्रेलको मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा सदस्यका लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

 

मनोनयन दर्ताको क्रममा जिल्लाका कांग्रेस नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । पार्टीमा देखिएको बिबाद चुनाबमा नदेखिने नेताहरुको आजको उपस्थितिले पुष्टि गरेको उहाँको दाबी छ ।