प्यूठान । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि भोलि मंगलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । डिभिजन वन कार्यालय प्यूठानमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुनेछ ।
आईतबार सर्वदलिय तथा सर्वपक्षिय बैठकबसी मनोनयन दर्ता प्रक्रियाका सम्पूर्ण तयारी पुरा गरेको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताउनुभयो । दर्ता किताव, दर्ताका लागि आवश्यक सम्पूर्ण फारमहरु तयार गरिएको उहाँले बताउनुभयो ।
भिडभाड कम गर्नका लागि राजनीतिक दलहरुलाई मनोनयनको दर्ता समय छुट्टाईएको अधिकृत भण्डारीले जानकारी दिनुभयो । मध्यान्ह १२ बजे राष्ट्रिय जनमोर्चा, दिउँसो १ बजे नेपाली कम्युनिष्ट पार्टी, दिउँसो २ बजे नेकपा (एमाले), दिउँसो ३ बजे नेपाली कांग्रेस लगयात दलहरुलाई समय निर्धारण गरिएको कार्यालयले जनाएका छ ।
विहान १० बजेट श्रम संस्कृति पार्टीबाट शुरु हुने मनोनयन दर्ता ५ बजेसम्म चल्नेछ ।
