> राष्ट्रिय > कांग्रेसबाट गोबिन्दराज पोख्रेल उम्मेदवार बन्ने


कांग्रेसबाट गोबिन्दराज पोख्रेल उम्मेदवार बन्ने

प्यूठान । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रा.डा. गोबिन्दराज पोख्रेललाई उम्मेदवार बनाउने भएको छ ।

 

पोख्रेल उम्मेदवार बन्ने टुंगो लागेको कांग्रेस जिल्ला सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

 

२०७४ सालको निर्वाचन समेत प्रतिष्पर्धा गरेका पोख्रेल राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग पराजित भएका थिए ।

 

नेकपा एमालेबाट सूर्य थापा, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय जनमोर्चाबाट तिलक जिसीले निर्वाचनमा प्रतिपर्धा गर्ने टुङ्गो लागि सकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले केही बेर उम्मेदवार टुंगो लगाउने जनाएको छ ।