> राष्ट्रिय > समानुपातिक तर्फ प्यूठानबाट १२ दलका ३४ जनाको उम्मेदवारी (नामावली सहित)


समानुपातिक तर्फ प्यूठानबाट १२ दलका ३४ जनाको उम्मेदवारी (नामावली सहित)

प्यूठान । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तरगतका उम्मेदवारहरुको नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नामावली अनुसार प्यूठानबाट १२ राजनीतिक दलका ३४ जनाको उम्मेदवारी परेको छ ।

नेकपा (एमाले)ले पेश गरेको बन्द सूचिमा खस आर्य तर्फ एञ्जिला थापाको नाम समावेश छ । उहाँ जनआन्दोलन २०६२/६३ का प्रथम सहिद उमेशचन्द्र थापाको श्रीमति हुनुहुन्छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उमा कुमारी शर्मा उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट छमा श्रेष्ठ, अमरध्वज राना, दुर्गा पौडेल जिसी, शीवा गिरी, फनिदेवी जैसी, पवित्रा जिसी , कमला पोख्रेल न्यौपाने, शाुवास जिसी, लक्ष्मी परियार, आरती परियार, विनोद कुमार विश्वकर्मा र अमरसिं सुनार रहनुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (माले)बाट तिलविक्रम केसी, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट खिमानन्द अधिकारी, नेपाल जनता संरक्षण पार्टीको तर्फबाट यसोदा पाण्डे, श्रम संस्कृति पार्टीबाट सन्दिप सुनार र राष्ट्रिय एकता दलबाट धर्मराज श्रेष्ठको नाम बन्दसुचिमा समावेश गरिएको छ ।

 

मंगोल नेशनल अर्गनाइजेशनबाट बसन्ता कुमारी कवर, रिखबहादुर कवर, गिरु गिरी रहनुभएको छ । राष्ट्रिय मुक्ति आन्दोलन, नेपालबाट जंगबहादुर पुन, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), पञ्चमता सुनार, लक्ष्मी गिरी, संगिता खत्री र तुल्सीराम घर्ति मगरको नाम सबमावेश छ ।

यस्तै नेपाली जनता दलको तर्फबाट शान्ता पोखरेल र दामोदर पोख्रेल उम्मेदवार हुनुहन्छ । सार्वजनक भएको समानुपातिक तर्फबाट बन्दसुचि अनुसार प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट घमानसिंह गुरुङ, टोपबहादुर कार्की भन्ने कृष्ण बहादुर कठायत, पार्वता आचार्य र। श्रीजना सुवेदीको नाम समावेश छ ।