प्यूठान । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले आयोजना गरेको सर्बदलिय बैठकमा नेपाली कांग्रेस अनुपस्थित रह्यो ।
निर्वाचन तयारी तथा मंगलबार हुने उम्मेदवारको मनोनय दर्ताका विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा नेपाली कांग्रेसको तर्फबाट कोहि पनि प्रतिनिधि सहभागी भएनन् ।
अन्य दलका प्रमुख तथा प्रतिनिधिहरु भने सहभागी भएका थिए । बैठकमा राजनीतिक दलको तर्फबाट नेकपा (एमाले)का अध्यक्ष विजयविराज विष्ट, नेपाली कम्युनिष्ट पार्टीका संयोजक यञबहादुर खत्री (प्रभात), राष्ट्रिय जनमोर्चाका प्रतिनिधि अमरध्वज राना मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका बलबहादुर महतरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव चित्रप्रसाद खनाल, श्रम संस्कृति पार्टीका गोविन्द गिरीको सहभागीता रहेको थियो ।
मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीको अध्यक्षतामा भएको सर्वदलिय बैठकमा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाई, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका प्रमुख, पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपाली कांग्रेसका प्रतिनिधि अनुपस्थित भएको विषयमा एमाले र जनमोर्चाले जिज्ञासा राखेका थिए । बैठकले मनोनय दर्ता गर्न दलहरुलाई समय विभाजन गरेको छ ।
