प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरुले उम्मेदवार छनौटलाई अन्तिम रुप दिँदै छन् । यो समाचार तयार पर्दासम्म प्यूठान जिल्लाबाट चुनावी प्रतिपर्धाका लागि ६ वटा दलले उम्मेदवार छनौट गरिसकेका छन् ।
नेकपा एमालेबाट सूर्य थापा, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय जनमोर्चाबाट तिलक जिसीको नाम टुङ्गो लागेको सम्वन्धीत पार्टीहरुले जनाएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले अझै उम्मेदवारको अन्तिम नाम सार्वजनिक गरेका छैनन ।
यस्तै श्रम संस्कृति पार्टीबाट गोविन्द गिरी, नेपाली जनता दलबाट विमल पोख्रेल र प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट श्याम गहतराजले चुनावी प्रतिपस्पर्धा गर्दैछन् ।
प्यूठानमा प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । माघ ६ गते मंगलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । डिभिजन वन कार्यालय खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन सम्वन्धी कार्यहरु अघि बढाइएको छ । कार्यालयले आईतबार सर्वदलिय तथा सर्वपक्षिय बैठक समेत सम्पन्न गरेको छ ।
