> समाज > भूमि विकास माध्यमिक विद्यालय सरङ्गकोटको पुस्तकालय कोठामा आगलागी


भूमि विकास माध्यमिक विद्यालय सरङ्गकोटको पुस्तकालय कोठामा आगलागी

प्यूठान । भूमि विकास माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका–५ सरङ्गकोटको पुस्तकालयमा आगलागी भएको छ । टिनले छाएको एउटा कोठामा आगो लाग्दा कोठामा रहेका सामाग्रीहरु जलेर नष्ट भएका छ ।

 

आगलागी हुँदा ८ वटा टेवल, एउटा प्रोजेक्टर वोर्ड, २ थान कम्प्यूटर, २ थान व्यट्रि, काठको ¥याक १० थान, २० मिटर कार्पेट, २० थान प्लाष्टिक कुर्चि, २ थान काठको कुर्चि, १५० थान चकटी, पुस्तकहरु, टिन, काठ, विद्युत मिटर, वाइरिङ्ग तार, प्रोजेक्टर जलेको हो ।

 

१४ लाख ५१ हजार बराबरको क्षति पुगेको स्थानीय अर्जुन गन्दर्भले जानकारी दिनुभयो । शनिवार दिउँसो करिव पौने ४ बजेको समयमा विद्युत तार सट हुँदा आगलागी भएको स्थानीय बताएका छन् ।