> समाज > निर्वाचन प्रहरीका लागि दरखास्त दिने समयावधि थप


निर्वाचन प्रहरीका लागि दरखास्त दिने समयावधि थप

प्यूठान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ आव्हान गरिएको निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त दिने समय अवधि थप गरिएको छ । यसअघि माघ १ गतेसम्म दरखास्त दिन सकिने सूचना जारी भए पनि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

थप गरिएको समय अनुसार माघ २ र ३ गते सार्वजनिक विदाको दिन समेत दरखास्त दिन सकिने प्यूठान प्रहरी प्रमुख नरहरि अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय खलगा, इलाका प्रहरी कार्यालय भिंगृ, विजुवार र बाहाने र सशस्त्र प्रहरी बल रातामातामा दरखास्त दिन सकिनेछ ।

 

प्यूठान जिल्लाका लागि माग भए बमोजिम दरखास्त नपरेकोले म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।