> समाज > आज माघे संक्रान्ति पर्व मनाइँदै, विभिन्न स्थानमा मेला


आज माघे संक्रान्ति पर्व मनाइँदै, विभिन्न स्थानमा मेला

प्यूठान । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ ।

 

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

 

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् ।

 

विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।

 

माघे सङ्क्रान्तिको अवसरम जिल्लाका विभिन्न स्थानहरुमा सांस्कृतिक तथा सांङ्गेतिक कार्यक्रमको आयोजना गरिएको छ । स्वर्गद्वारी आश्रम, गौमुखी (झिमरुक नदि उद्गम स्थल), ऐरावती (झिमरुक र माडी नदि संगम स्थल), बाझाबारी (प्यूठान नगरपालिका-४), रानीकुवा (सरुमारानी गाउँपालिका-४), २२ मुलधारा, पाखाचिती (प्यूठान नगरपालिका-९), फोप्ली (नौबहिनी गाउँपालिका-८), सरुमारानी गाउँपालिकाको १ बाङ्गेशाल, वडा नम्बर ६ किमिचौर, प्यूठान नगरपालिका-८ मानागाउँ लगायत स्थानमा आज मेला लाग्दैछ ।