> समाज > टिपर दुर्घटनामा चालकको ज्यान गयो


टिपर दुर्घटनामा चालकको ज्यान गयो

अर्घाखाँची । धारापानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

दुर्घटनामा मल्लरानी गाउँपालिक-५ कुमिकोट निवासी ५८ वर्षीय कुशल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।

 

मंगलबार साँझ भुमिकास्थान नगरपालिका-३ ठुलाखर्कस्थित भित्री सडक खण्डमा लु २ ख ३३२८ नम्बरको टिपर दुर्घटना भएको थियो ।

 

गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक सडकबाट झन्डै ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।