> स्थानीय सरकार > माण्डबी गाउँपालिकाको पहिलो चौमासिक सार्बजनिक सुनुवाई, पाँच बुँदे प्रतिवद्धता


माण्डबी गाउँपालिकाको पहिलो चौमासिक सार्बजनिक सुनुवाई, पाँच बुँदे प्रतिवद्धता

प्यूठान । माण्डवी गाउँपालिकाको चालु आ.ब.को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा न ४ उदयपुरकोटमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उठेका सवाल र पूर्व प्रतिवेदनमा उठेका सवालहरुको गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष पुर्णचन्द्र कालाथोकी र प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुलाई समेटेर पाँच बुँदे प्रतिवद्धता व्यक्त गरिएको छ । वडा कार्यालयको सेवाप्रवाहलाई थप व्यवस्थित गर्ने, अनुदान कार्यक्रमलाई उत्पादनमा आधारित बनाउने, स्थानीयसँगको सहकार्यलाई जोड दिने, धनचौरका विपद् पीडितहरुको माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।

वडा नं. ४ का वडा अध्यक्ष डिलबहादुर घर्तिमगरको अध्यक्षता, गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ प्यूठान शाखाको सहजिकरणमा भएको कार्यक्रमको संचालन सहसचिव बोमबहादुर परियारले गर्नुभएको थियो ।