> समाज > माबि स्तरीय लोकगित प्रतियोगिता सम्पन्न


माबि स्तरीय लोकगित प्रतियोगिता सम्पन्न

प्यूठान । लुप्लुङ माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका-८ लुप्लुङमा माबि स्तरिय लोकगित प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस जुनियर /युवा  लुप्लुङ्ग मा.बि.काे आयाेजनामा प्रतियोगिता भएको हो ।

 

प्रतियोगितामा अम्बिका मा.बि. फाेप्लिकी छात्रा उर्मिला घिमिरे प्रथम, लुप्लुङ मा.बि.की छात्रा शान्ति बिक दाश्राे र गाबै माबिकि छात्रा कमला परियार तेश्राे हुनुभएको छ ।

 

प्रमुख अतिथि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीले यस्ता कार्यक्रमले बालबालिकाकाे अन्तरनिहित क्षमता प्रस्फुटन हुनुका साथै जिवनउपयाेगी क्षमता बिकास हुने बताउनुभयो ।

 

प्रतियोगितामा नौबहिनी गाउँपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयको सहभागी रहेको थियो । रेडक्रसकाे ३९ औ जिल्लास्तरीय गाेष्ठिकाे बार्षिक कार्यतालिका अन्तर्गत कार्यक्रम गरिएको लुप्लुङ्ग माबिका शिक्षक नायक खेमराज भण्डारीले बताउनुभयो ।

 

कार्यक्रममा शिक्षक नायक नौबहिनी संयोजक भबिराम भण्डारी, अभिभाबक जयनन्द भण्डारीले शुभकामना मन्तब्य राख्नुभएको थियाे । विद्यालयका प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीकाे अध्यक्षता प्रतियोगिता सम्पन्न भएको हो ।