प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सूर्य थापाको नाम एकल सिफारिस गरेको छ ।
सोमबार बसेको जिल्ला कमिटी बैठकले विगठित प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका थापाको नाम सिफारिस गरेको हो ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा पार्टी केन्द्रीय कमिटी सदस्य थापालाई उम्मेदवार सिफारिस गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख ई्रश्वरा आचार्यले जानकारी दिनुभयो ।
