प्यूठान । मल्लरानी गाउँपालिका–३ मुन्डाँडामा रोकि राखेको बसमा आगजनी भएको छ । गएराति ना ४ ख ६६९४ नम्बरको बसमा रहस्यमय आगजनी भएको हो ।
बस्ती नजिकै रोकि राखेको बसमा स्थानीयले एक्कासी आगो लागेको देखेका हुन् । स्थानीयको सक्रियतामा आगलागीलाई नियमन्त्रणमा लिइएको थियो ।
आगजनी कसरी र कस्ले गरेको खुल्न नसकेको बस चालक समेत रहेका सावारीधनी दिनेश श्रेष्ठले बताउनुभयो । गाडीको इन्जिन, सीटहरु जलेको छ । घटनाको अनुसन्धानका लागि प्रहरी घटना स्थल पुगेको छ । यो बस चुँजाठाँटी–मुन्डाँडा–खलंगा नियमित संचालनमा छ ।
