> स्थानीय सरकार > मल्लरानी गाउँपालिकाको आ.ब. २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


मल्लरानी गाउँपालिकाको आ.ब. २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान । मल्लरानी गाउँपालिकाकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । ५ नं. वडा कार्यालय कुमिकोटमा सार्वजनि सुनुवाई गरिएको हो ।

कार्यक्रममा उठेका सवालहरुमा गाउँपालिका अध्यक्ष कृष्ण खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल र वडा अध्यक्ष गोपाल थापाले जवाफ दिनुभएको थियो । कार्यक्रममा सेवाग्राहीहरुले शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम, सेवाप्रवाह, सडक, कृषि, पशुसेवा, खानेपानीका विषयमा प्रश्न, जिज्ञासा र गुनासो राखेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस चौमासिक अवधिमा गाउँपालिकाबाट सम्पादन भएका गतिविधिहरुका बारेमा प्रस्तुत राख्नुभएको थियो । पुँजिगत तर्फ ८ प्रतिशत र चालु तर्फ २४ प्रतिशत गरी समग्रमा १९ प्रतिशत वित्तिय प्रगति हाँसिल भएको उहाँले जानकारी दिनुभयो ।

जनपक्षिय काम गर्ने सवालमा सेवाग्राहीहरुमा परेको प्रभावका बारेमा यस्ता कार्यक्रमले पृष्ठपोषण दिने गाउँपालिकाका अध्यक्ष खड्काले प्रतिक्रिया दिनुभयो ।

झिमरुक नेटवर्क एण्ड मिडिया प्रालिका संचालक प्रज्वल पहाडीलेब बहिर्गमन अभिमत पत्र र नागरिक प्रतिवेदनका माध्यमबाट उठेका सवाल र सोको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण जुमानसिंह केसीले गर्नुभएको थियो ।