प्यूठान । राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई प्युठानले कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि धान तथा तरकारी जोन समन्वय समिति पुनर्गठन गरेको छ ।
पुनर्गठन कार्यक्रमका अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धर्मबहादुर जिसीले किसानहरूको उत्पादनलाई बढाउने खालका कार्यक्रमहरू कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयनका क्षेत्रमा कार्यालयले उदाहरणीय काम गरेकाे बताउदै आगामी दिनमा गठन भएको समितिले कृषक र कार्यालय बिचकाे सम्बन्धबाट किसानकाे उत्पादनमा सघाउन शुभकामना दिनुभयो ।
नेपाल पत्रकार महासघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले कार्यक्रमका माध्यमबाट किसानलाई प्रबिधिमैत्री बनाई उत्पादन बढाउने काम कार्यालयबाट सम्पादन भएको भन्दै आगामी दिनमा आयात विस्थापन हुने गरी उत्पादनका कार्यक्रमहरू पढाउन कार्यालय तथा नवगठित समितिलाई शुभकामना दिनुभयो ।
गठित समितिलाई राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाईका प्रमुख चुमान सिंह गिरीले कार्यालयले बिगतका बर्षहरुदेखि प्रबिधिकाे उच्चतम प्रयाेग गराइ कृषककाे उत्पादनमा सहयाेग गरेकाे र चैते धान तथा तरकारी, अदुवा, वेसार पकेट क्षेत्र बनाउदै खेति बिस्तार गरेकाे बताउनुभयो ।
कार्यक्रमका तर्फबाट विभिन्न स्थानीय तहमा कृषि गाउँ नै बिकास गरि किसानकाे उत्पादनमा यान्त्रिकरण, बजारिकरण र प्राबिधिक सहयाेग गरेकाे उहाँले बताउनुभयो । कार्यक्रम सन्चालनका बिषयमा प्रतिनिधि सभाकाे कृषि संसदीय उपसमितिले जिल्लामा प्रत्यक्ष अनुगमन गरि कार्यप्रगतिका आधारमा यसवर्ष कार्यक्रम तथा बजेट थपिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा धान जाेनका संयोजक श्याम बहादुर थापाले आफुहरुले ब्यक्तिगत लाभहानी नहेरि कृषकका हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा धान जानका पुर्ब संयोजक नेहरसिंह केसीले परियाेजना सुरुवातको स्मरण गर्दै सबैसंग हातेमालाे गरेर अगाडि बढ्न शुभकामना दिनुभयो ।
कार्यक्रमबाट निर्देशिका अनुसार धान र तरकारी जाेन समन्वय समिति गठन गरिएको छ । श्याम बहादुर थापाको संयोजकत्वमा धान जोन र लाेकराज पाेख्रेल संयोजक रहेकाे तरकारी जाेन समन्वय समिति पुर्नगठन गरिएको हो ।
