प्यूठान । नेपाली काङ्ग्रेस प्यूठानले आफ्नो पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गरेको छ ।
बि.पि. बिचार समाज प्यूठानको नाममा २५४ बर्गमिटर क्षेत्रफलको जग्गा आइतबार रजिष्टेशन पास गरिएको हो । उक्त जग्गामा संस्थाको भवन निर्माण गर्ने योजना अघि सारिएको छ ।
प्यूठान नगरपालिका-७ टिकुरीमा जग्गा खरिद गरिएको पार्टी जिल्ला सचिब एनपी मगरले जानकारी दिनुभयो ।
