> समाज > चौरासी पुजाको अवसरमा विद्यालयमा अक्षयकोष


चौरासी पुजाको अवसरमा विद्यालयमा अक्षयकोष

प्यूठान । आमाको चौरासी पुँजाको अवसरमा परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । प्यूठान नगरपालिका–६ खोलिगाउँ निवासी लोकिदेवी घर्ति मगरको १००८ चन्द्र दर्शन चौरासीका अवसरमा परिवारले अक्षयकोष स्थापना गरेको हो ।

 

स्थानीय नैना प्राथमिक विद्यालयमा शैक्षिक गुणस्तर विकासको उद्देश्यले ५५ हजार रुपैंयाको कोष स्थापना गरिएको हो ।

 

छोराहरु झिमबहादुर घर्ति मगर, डोर बहादुर घर्ति मगर र धर्म बहादुर घर्ति मगरले परिवारको तर्फबाट ५५ हजार रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको वडाध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिनुभयो ।