> राजनीति > कार्तिक २९ गते एमाले प्यूठानले जनप्रदर्शन गर्ने


कार्तिक २९ गते एमाले प्यूठानले जनप्रदर्शन गर्ने

प्यूठान । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले कार्तिक २९ गते जनप्रदर्शन गर्ने भएको छ । पार्टी जिल्ला कमिटीको सचिवालय बैठकले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाको लागि प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टी पंक्ति, संगठित सदस्य, सुवेच्छुकहरुलाई प्रतिगामी षडयन्त्रका विरुद्ध जनप्रदर्शनमा सहभागी हुन बैठकले आव्हान गरेको छ । चकचके, क्वाडी, जुम्रि, विजुवार, बाग्दुला हुँदै जनप्रदर्शन सदरमुकाम खलंगामा पुगेर समापन हुने एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । एमालेले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग अघि सारेका छ ।

जनप्रदर्शनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि एमाले प्यूठानले जनवर्गिय संगठनहरुलाई परिचालन गर्ने भएको छ । जनसंगठन समन्वय संयन्त्रको बैठकले जनपरिचालनको योजना बनाएको एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो । जिल्ला कमिटीको निर्देशन र पालिका कमिटीले बनाएको योजना अनुसार वडा स्तरीय अगुवा कार्यकर्ता भेला र कात्र्तिक २५ गते पालिका स्तरीय विस्तारित बैठकबसी २९ गतेको जनप्रदर्शनलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले आवश्यकता अनुसार प्रदर्शनमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार पार्न आग्रह गर्नुभएको छ । महासचिव पोखरेलले प्रतिगामी षड्यन्त्र –मुर्दावाद, विघटित प्रतिनिधिसभा– पुनस्र्थापना गर, २३ र २४ को अपराधिक घटनाको –निष्पक्ष छानबिन गर, तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई –कारबाही गर, हत्या, हिंसा, आतंक –बन्द गर, नेकपा(एमाले) –जिन्दावाद, जनताको बहुदलीय जनवाद –जिन्दावाद जस्ता नारा लगाउन निर्देशन दिनुभएको छ ।

 

एमालेले काठमाडौं उपत्यकामा मङ्सिर ६ गते जनप्रदर्शनसहित जनसभा गर्नेे निर्णय गरेको छ ।