> समाज > पर्यटकीय क्षेत्र बुकिडाँडामा अखिल (क्रान्तिकारी)को वनभोज


पर्यटकीय क्षेत्र बुकिडाँडामा अखिल (क्रान्तिकारी)को वनभोज

प्यूठान । मल्लरानी पर्यटकीय क्षेत्रमा पर्ने बुकिडाँडामा अखिल (क्रान्तिकारी)ले वनभोज कार्यक्रम गरेको छ । यहाँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वनभोज कार्यक्रम गरिएको अखिल (क्रान्तिकार)ले जनाएको छ ।

 

पर्यटन गन्तव्यको रुपमा विकास भैरहेको मल्लरानी गाउँपालिका–३ स्थित बुकिडाँडाको पर्यटन प्रवद्र्धनसँगै कम्युनिष्ट पार्टीहरु वीच भएको एकताको सन्देश प्रवाह गर्न शनिवार वनभोज कार्यक्रम गरिएको अखिल (क्रान्तिकारी) प्यूठानका अध्यक्ष सुशीला घर्ती मगरले जानकारी दिनुभयो ।

 

कार्यक्रममा पार्टी नेताहरु कृण अधिकारी (प्रकाश), मिलन एम.सी., यज्ञबहादुर खत्री (प्रभात), शिवराज पोख्रेल, पुष्कर शर्मा लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष घर्तिमगरको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सहजिकरण संगठनका जिल्ला सचिव शम्भु सुनारले गर्नुभएको थियो ।