नेपालमा पत्रकार महासंघको स्थापना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐतिहासिक कोशेढुङ्गा थियो । नेपालमा प्रजातन्त्र स्थापनादेखि लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सम्म प्रेस जगत र संस्थागत रुपमा नेपाल पत्रकार महासंघले निर्वाह गरेको भुमिका महत्त्वपूर्ण एवं अतुलनीय रहेको छ । देशमा बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको सुरुवातसङ्गै पत्रकार, सञ्चार माध्यम र पत्रकारितासंग सम्बन्धित संघसंस्थाहरुको बिकासक्रम तिब्र गतिमा अगाडि बढेको पाइन्छ ।
प्यूठान जिल्लामा २०५०/०५१ सालदेखि पत्रकारिता बिकासको शिलशिला सुरु भएपनि नेपाल पत्रकार महासंघको जिल्ला शाखा २०५८ सालमा स्थापना भएको थियो । जिल्ला शाखाको मान्यता प्राप्त गर्न १५ जना साधारण सदस्यहरु अनिवार्य हुनुपर्ने ब्यबस्थाका कारण महासंघ शाखा स्थापना गर्न केही समय लागेको देखिन्छ। २०५८ असोज २० गते बिजुवार प्यूठानमा भएको प्रारम्भिक भेलाले सुर्य बहादुर विश्वकर्माको नेतृत्वमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाको ९ सदस्यीय तदर्थ समिती गठन गरेको थियो । तदर्थ समितिका सदस्यहरु खुम बहादुर थापा, इमान सिंह भारती, देबन्द्र बर्मा, सुशील पोखरेल, मेघराज भट्ट, झपेन्द्ररज बैद्य, बुद्ध बहादुर जि.सी. र नुमराज खनाल रहनु भएको थियो । यही तदर्थ समितीले सिफारिस गरेको आधारमा २०५९ मंसिर २३ गते पत्रकार महासंघ केन्द्रिय समितिबाट १७ जना पत्रकारहरुको सदस्यता स्वीकृत भएको थियो ।
१ सुर्य बहादुर बिश्वकर्मा, २-इमानसिंह भारती, ३- मेघराज भट्ट, ४- बुद्द बहादुर जि.सी., ५- सन्जय रिजाल, ६-प्रकाशलाल श्रेष्ठ, ७ टीकाराम पोखेल, ८ यादप खनाल, ९ झपेन्द्रराज बैद्य, १०- राम प्रसाद आचार्य, ११- मिना खड्का, १२ गिरु प्रसाद भण्डारी, १३-चेत बहादुर राँहु मगर, १४- नुमराज खनाल, १५-सुशील पोखरेल, १६ देबेन्द्र बर्मा, १७-खुम बहादुर थापा । पत्रकार महासंघको तदर्थ समितिले २०५९ माघ २५ गते प्रथम अधिबेशन सम्पन्न गर्यो । प्रथम अधिबेशनबाट सुर्य बहादुर विश्वकर्माको नेतृत्वमा सर्बसम्मत रुपमा निम्नानुसारको कार्यसमिति र ३ जना केन्द्रिय पार्षद निवार्चित भएको थियो । सभापति-सुर्य बहादुर बिश्वकर्मा, उपसभापति मेघराज भट्ट, सचिव- इमान सिंह भारती, कोषाध्यक्ष बुद्द बहादुर जि.सी. रहनुभएको थियो। सदस्यहरुमा देबेन्द्र बर्मा, झपेन्द्रराज बैद्य, राम प्रसाद आचार्य, यादप खनाल, प्रकाशलाल श्रेष्ठ हुनुभयो । जसको केन्द्रिय पार्षदमा सुशील पोखरेल, सन्जय रिजाल र नुमराज खनाल ।
यसरी विभिन्न समस्या र चुनौतीहरुका बिच मुस्किलले १५ जना सदस्य संख्या पुऱ्याएर स्थापना भएको पत्रकार महासंघको जिल्ला शाखाले जिल्लामा पत्रकारिता क्षेत्रको बिकासका लागि नेतृत्वदायी भुमिका निर्वाह गरेको थियो। नागरिक अगुवा संगठनको रूपमा अग्रणी भुमिका निर्वाह गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरेको पत्रकार महासंघको स्थापनासँगै स्थानीय तथा राष्ट्रिय सन्चार माध्यमहरुमा काम गर्ने पत्रकारहरुको संख्या दिनानुदिन वृद्धि हुनुका साथै जिल्लामै सन्चारमाध्यमहरु स्थापना हुने प्रकृयाले पनि गती लिएको देखिन्छ । पहिलो कार्यसमितीले पत्रकार महासंघ जिल्ला शाखालाई प्यूठान जिल्लाको अगुवा नागरिक संगठनको रुपमा स्थापित गराउनुका साथै महासंघको संस्थागत बिकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत आडि कार्यहरुमा उल्लेखनीय योगदान पुऱ्याएको थियो ।
यसैगरि २०६१ पौष २२ गते शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको थियो । दोस्रो अधिबेशनले इमान सिंह भारतीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गर्यो। सभापति इमान सिंह भारती, उपसभापति बुद्ध बहादुर जि.सी., सचिब- सुशील पोखरेल, कोषाध्यक्ष- यादप खनाल र सदस्यहरुमा राम प्रसाद आचार्य, प्रकाशलाल श्रेष्ठ, गिरु प्रसाद भण्डारी, झपेन्द्रराज बैद्य र टिकाराम पोखेल रहनुभयो । केन्द्रिय पार्षदमा मेघराज भट्ट, नुमराज खनाल, सन्जय रिजाल ।
माओवादीद्वारा संचालित जनयुद्ध उत्कर्षमा पुगेको पृष्ठभुमि, तत्कालिन राजा ज्ञानेन्द्रले सम्पुर्ण शासन शक्ति आफ्नो हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्दै निरंकुश शाषण संचालन गरेको अवस्थामा पत्रकार महासंघले लोकतन्त्र बहालिका लागि उल्लेख्य भुमिका खेलेको थियो । २०६२/०६३ को जनआन्दोलनमा अपार नागरिक सहभागिता गराउन त्यस समयमा पत्रकार, सन्चार माध्यम र महासंघले निर्वाह गरेको भुमिका महत्वपूर्ण रहेको थियो ।
यसै कार्यसमितीले सिफारिस गरि २०६२ मंसिर १८ गते निम्न पत्रकार हरुको सदस्यता केन्द्रिय समितिबाट स्वीकृत भएको थियो। १- कृष्णराज पाण्डे, २-पम्फा पन्त, ३- विष्णु रिजाल, ४ दामोदर भुषाल, ५- रमेश गिरी, ६-सरस्वती न्यौपाने, ७ प्रमोद पोखेल, ८ राम प्रसाद पौडेल, ९-गजेन्द्र गुरुङ्ग, १० श्यामलाल पोखेल, ११- दीपक भण्डारी, १२- बिमला पाण्डे, १३- बिष्णु कुमार गिरी, १४- राम बहादुर के.सी., १५- इश्वरी भण्डारी । २०६४ माघ २५ गते पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको तेश्रो अधिबेशन सम्पन्न भई सुशील पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिती निवार्चित भएको थियो। अध्यक्ष सुशील पोखरेल, उपाध्यक्ष- खुम बहादुर थापा, सचिव दीपक भण्डारी, सहसचिव दामोदर भुषाल, कोषाध्यक्ष टिकाराम पोखेल र सदस्यहरुमा रमेश गिरी, पम्फा पन्त, बिष्णु रिजाल, प्रमोद पोखेल। समितिको केन्द्रिय पार्षदहरुमा सुर्य बहादुर बिश्वकर्मा, इमानसिंह भारती, मेघराज भट्ट, झपेन्द्रराज बैद्य, सन्जय रिजाल र देवेन्द्र बर्मा रहुनुभयो। पत्रकारहरुको पेशागत सुरक्षा, महासंघको सदस्यता वृद्धि महासंघको संस्थागत बिकाशको लागि कार्यालय भवन निर्माण प्रक्रियाको सुरुवात, पत्रकार हरुको क्षमता बिकासका कार्यक्रमहरु संचालन जस्ता कार्यहरु त्यस कार्यकालका महत्वपूर्ण उपलब्धिहरु रहेका थिए । नेपालको इतिहासमा पहिलोपटक सम्पन्न भएको संविधानसभाको निर्वाचनलाई सफल पार्न त्यस समय पत्रकार महासंघले निर्वाह गरेको भुमिका उल्लेखनीय रहेको छ । यो कार्यसमितिले नयाँ सदस्यताका सन्दर्भमा निर्णय गरि महासंघको केन्द्रिय समितिलाई सिफारिस गरे बमोजिम २०६७ पौष १७ गते केन्द्रिय समितीले निम्न पत्रकारहरुलाई नयाँ सदस्यता प्रदान गरेको थियो ।
१- महाबिर राना, २- नवराज आचार्य, ३- प्रकाश बैद्य, ४- भावना सुवेदी, ५- वसन्त के.एम., ६-बसन्ता भट्ट, ७- माधव पोखेल, ८ श्रीधर भट्टराई, ९- भुवन सिंह, १०- सुशील श्रेष्ठ (सुजल), ११-यमका सुवेदी, १२- श्रीराम भण्डारी, १३ एल.बी. थापा, १४- धना गिरी, १५ अर्जुन जि.सी., १६-तुफान अधिकारी, १७- नेत्र प्रसाद खनाल (कतारबाट सरुवा भै आएको)।
यसैगरी २०६७ माघ २८ गते शाखाको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको थियो। अधिबेशनले पुनः सुशील पोखरेलकै नेतृत्वमा ११ सदस्यीय कार्यसमितति निवार्चित गरेको थियो। अध्यक्ष – सुशील पोखरेल, उपाध्यक्ष- प्रमोद पोखरेल, सचिव- टिकाराम पोखरेल, सहसचिव श्रीधर भट्टराई, कोषाध्यक्ष- बसन्ता भट्ट र सदस्यहरुमा महावीर राना, भुवन सिंह, तुफान अधिकारी, भावना सुवेदी, वसन्त के. एम., श्रीराम भण्डारी । केन्द्रिय पार्षदहरुमा मेघराज भट्ट, देबेन्द्र बर्मा, खुम बहादुर थापा, राम प्रसाद आचार्य, रमेश गिरी, सन्जय रिजाल र झपेन्द्रराज बैद्य लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तर संस्थागत हुन नसकेको परिप्रेक्षमा सुशासन, पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्न सार्बजनिक सुनुवाइ लगायतका विभिन्न कार्यक्रमहरु संचालन, पत्रकार हरुको क्षमता बिकास, सदस्यता वृद्धि, कार्यालय भवनको निर्माण कार्यलाई निरन्तरता, पत्रकारहरुको हौसला र उत्प्रेरणाका लागि विभिन्न पत्रकारिता पुरस्कार कोषहरुको स्थापना, प्यूठान जिल्लालाई मध्य पश्चिमको पहिलो र नेपालको पाँचौ जिल्लाको रुपमा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न महत्वपूर्ण भुमिका निर्वाह, पत्रकार र प्रेस स्वतन्त्रताको सुरक्षाका लागि वकालत लगायतका कार्यहरु त्यस कार्यकालका महत्वपूर्ण उपलब्धिहरु रहेका थिए । यसै कार्यसमितीले नयाँ सदस्यता स्वीकृतिका लागि ५४ जना पत्रकारहरुको नाम सिफारिस गरेपनि केन्द्रिय समितिले २०७० असोज १४ गते निम्न पत्रकार हरुलाई नयाँ सदस्यता प्रदान गरेको थियो ।
१- बिजय सिंह भारती, २- सन्तोष रोकामगर, ३-जीवनमाया के.एम, ४- हरी प्रसाद भण्डारी, ५- राम बहादुर बि. क. ६- महेश थापा, ७ जुमानसिंह के.सी, ८- गोबिन्द प्रसाद पोखेल, ९ प्रज्वल पहाडी, १०-अरुणा बन्जाडे, ११- शिबा रेग्मी, १२- याम बहादुर थापा, १३- राजु के.सी., १४- पदम बहादुर के.सी., १५- सुरेन्द्र नेपाली, १६- नर्मदा भट्ट, १७- निर्मला गिरी, १८- नोमराज पौडेल, १९ जोगिन्द्र बहादुर मल्ल, २० शरद भुषाल, २१- केशर रोका, २२-मधुसूदन भण्डारी, २३- सबिता आचार्य, २४- मिलन एम.सि. २५ चेतेन्द्र कालाथोकी, २६- बासुदेब गिरी, २७- लोकेन्द्र सुनार, २८- कमल बि.क., २९- सुवास श्रेष्ठ, ३० चक्र के.सी, ३१- केशव कुमार पार्धे, ३२- राजेन्द्र आचार्य, ३३- राजेन्द्र रावत ३४- राजेन्द्र जि.सी., ३५ अग्निधर चन्द, ३६- दीपा घर्ती, ३७-यादव पौडेल, ३८- हेमराज शर्मा, ३९- नेत्र कुंवर, ४०- जायश्वर आचार्य, ४१- बालकृष्ण थापा, ४२-रबिन पुनमगर, ४३- संगीता खड्का, ४४- हेमराज खनाल, ४५ किरण थापा, ४६ राधिका भुषाल, ४७- हरी पौडेल, ४८- मनिकला पुन मगर, ४९-तावन्ता सुनार, ५०- शिवराज खनाल ।
यसैगरी २०७० फाल्गुन २९ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको पाचौं अधिबेशनले गिरु प्रसाद भण्डारीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिती चयन गरेको थियो। अध्यक्ष- गिरु प्रसाद भण्डारी, उपाध्यक्ष टिकाराम पोखेल, सचिव महाबिर राना, सहसचिव- नोमराज पौडेल, कोषाध्यक्ष- प्रकाश बैद्य र सदस्यहरुमा विजय सिंह भारती, जीवनमाया के.एम., सुजल श्रेष्ठ, यादव पौडेल, राधिका भुषाल, राम बहादुर बि.क. र सन्तोष रोकामगर । केन्द्रिय पार्षदहरुमा सुशील पोखरेल, इमान सिंह भारती, नुमराज खनाल, राम प्रसाद आचार्य, एल.बी. थापा, अग्निधर चन्द, रमेश गिरी, तुफान अधिकारी, अर्जुन जि.सी., झपेन्द्रराज बैद्य, नेत्र प्रसाद खनाल र वसन्त के. एम.
जिल्लामा स्थापना भएका थुप्रै संचारमाध्यमहरुमा उल्लेख्य संख्यामा कृयाशिल पत्रकारहरुको सशक्तीकरण, पत्रकारहरुको पेशागत हित, सन्चारमाध्यमहरुको दिगो ब्यबस्थापन, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि वकालत, पत्रकार महासंघको संस्थागत बिकास, कार्यालय भवन निर्माण कार्यको पुर्णता, सचिवालय ब्यबस्थापन, पुर्ण सरसफाइ, बालमैत्री स्थानिय शाषण, पुर्ण साक्षरता अभियान लगायतका सामाजिक अभियानहरुमा सक्रियता, जिल्लाको पर्यटन प्रर्वद्धन गर्न प्रदेश नं. ५ का अगुवा पत्रकाहरुको भेला गरी ‘स्वर्गद्वारी मिडिया सम्मेलन’ लगायतका कामहरु यस अवधीका महत्वपूर्ण उपलब्धिहरु रहेका छन । यस कार्यसमितिबाट सिफारिस भई केन्द्रिय समितिबाट २०७३ माघ १० गते निम्न पत्रकारहरुलाइ नयाँ सदस्यता प्रदान गरिएको थियो ।
१- बिनोद भण्डारी, २- शशीधर भण्डारी, ३- प्यार अलि खान, ४- डा. शिवराज पण्डित, ५ सलिम अन्सारी, ६- पदम प्रसाद पोखेल, ७ समशेरबिक्रम जि.सी., ८- सागर शर्मा, ९ सीता बि.क. १०-भरत आचार्य, ११- सिर्जना सेन, १२- लिला पुन, १३-शान्ता लामा, १४- गौरी बस्नेत, १५- बोम बहादुर परियार, १६- एलिसा बस्नेत, १७ गोबिन्द बि.क., १८- मित्र थापा, १९- चक्र चन्द बोहोरा, २०- बालिका रोका मगर, २१- चिन्तामणी बुढा, २२- पदम सुवेदी, २३- गोमा पोखेल, २४- रबिन्द्र पाण्डेय, २५- सुबास भण्डारी, २६- माया घर्ती, २७- बाबुराम उपाध्याय, २८- मदन खड्का, २९- दुन बहादुर बुढाथोकी, ३०-सीता खड्का, ३१- बिशाल राना मगर
नेपाल पत्रकार महासंघ प्यूठान शाखाको यही मिति २०७३ फाल्गुन १२ गते सम्पन्न छैठौं अधिबेशनले महाबिर रानाको नेतृत्वमा आगामी ३ बर्षको कार्यकालको लागि सर्बसम्मत कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्ष महाबिर राना, उपाध्यक्ष-एलवी थापा, उपाध्यक्ष (महिला) बसन्ता भट्ट, सचिव- बिजय सिंह भारती, सहसचिव हरी भण्डारी, सहसचिव (समाबेसी) – राधिका भुषाल, कोषाध्यक्ष-श्रीराम भण्डारी र सदस्यहरु केशर रोका, प्रज्वल पहाडी, राम बहादुर बिश्वकर्मा, नर्मदा भट्ट, सलिम अन्सारी र शान्ता लामा ।
केन्द्रिय पार्षदहरुमा मेघराज भट्ट, इमान सिंह भारती, सुशील पोखरेल, राम प्रसाद आचार्य, गिरु प्रसाद भण्डारी, कृष्णराज पाण्डे, प्रमोद पोखेल, दिपक भण्डारी, जुमान सिंह के.सी., तुफान अधिकारी, दिपा घर्ती, बासुदेब गिरी।
त्यस्तै क्षेत्रिय पार्षदहरुमा सन्जय रिजाल, नवराज आचार्य, प्रकाश बैद्य, श्रीधर भट्टराई, सुजल श्रेष्ठ, शिवा रेग्मी, नोमराज पौडेल, मधुसूदन भण्डारी, लोकेन्द्र सुनार, कमल बि.क., अग्निधर चन्द बोहरा, यादव पौडेल, जायश्वर जैशी, हेमराज खनाल, प्यार अलि खान, बोम बहादुर परियार ।
महासंघ प्यूठानको पहिलो अधिबेशन बाहेक बाँकी ४ वटा अधिबेशनहरुबाट सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसक्दा महासंघमा सबै प्रकारका आस्था र बिचार बोक्ने पत्रकारहरु अटाउन सकेनन । महासंघ साझा बन्न नसक्नुको परिणाम श्रमजीवी पत्रकारहरुको पेशागत मुद्दाहरु कमजोर बनेको अनुभुति भयो । सम्पुर्ण अग्रज पत्रकारहरु र पेशागत संगठनका नेतृत्वको अथक मेहनतको फलस्वरूप महासंघको इतिहासमा १२ वर्ष पछि पत्रकार महासंघ प्यूठान साझा र सर्बसम्मत बनेको छ। यस कार्यसमितिले आगामी ३ वर्षे कार्यकालमा निम्न कार्यहरु गर्ने लक्ष लिएको छ।
पत्रकारको हित र सशक्तीकरण
१. पत्रकारहरुको क्षमता बिकासका लागि विभिन्न बिधागत पत्रकारिता तालिमहरु सन्चालन गर्ने।
२. पत्रकारहरुको नेतृत्व बिकास, प्रशिक्षक पत्रकार उत्पादन र समयानुकूल नयाँ प्रबिधियुक्त न्यू मिडिया तालिम सन्चालन गर्ने।
३. श्रमजीवी पत्रकारहरुको उत्प्रेरणाका लागि पत्रकारिता पुरस्कार कोषको दायरालाई फराकिलो बनाउदै ब्यबस्थित गर्ने ।
४. पत्रकारहरुलाई दुर्घटना तथा आकस्मिक जटिल समस्याहरु आइपर्दा अत्यावश्यक सहयोग पुर्याउन पत्रकार कल्याणकारी कोष स्थापना गर्ने।
५. श्रमजीवी पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा निरन्तर कृयाशिल रहिरहन आवश्यक वातावरण तयार गर्दै स्थानीय स्तरमा श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र पहल गर्ने।
६. पत्रकारिताका नाममा हुने गरेका बिकृती बिसङ्गतीहरुलाई निरुत्साहित गरी पत्रकार आचारसंहिता कार्यान्वयन गर्ने गराउने ।
७. पत्रकारिता क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अल्पसंख्यक समुदायका पत्रकार हरुको सशक्तीकरण गर्ने।
८. अधिबेशनको संघारमा मात्रै नयाँ सदस्यता सिफारिस गर्ने परिपाटीको अन्त्य गर्दै कृयाशिलताको आधारमा समयमै नयाँ सदस्यता सिफारिस गर्ने र शुद्धीकरणको प्रकृयालाई व्यबस्थित गर्ने ।
९. पत्रकार दुर्घटना बिमा कार्यक्रममा सबै पत्रकार हरुलाइ सहभागी गराउन पहल गर्ने।
संस्थागत विकास र मिडिया व्यवस्थापनका लागि सहकार्य
१. महासंघको सचिवालयलाई व्यबस्थित गर्ने।
२. व्यापारीक केन्द्र बिजुवारमा सूचना केन्द्र र इ लाइब्रेरी स्थापना गर्ने ।
३. महासंघका विभिन्न प्रकाशनहरुलाई व्यबस्थित गर्दै निरन्तरता दिने ।
४. जिल्लामा संचालनमा आएका छापा तथा बिद्युतिय सन्चार माध्यमलाई दिगो रूपमा संचालन गर्न समानुपातिक बिज्ञापन नीति कार्यान्वयन गर्न पैरवी गर्ने, मिडिया व्यवस्थापन तालिम संचालन गर्ने ।
पत्रकारिता र सामाजिक उत्तरदायित्व
१. सुशासन, जबाफदेहिता र पारदर्शिताको प्रर्वद्धन गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
२. बालमैत्री स्थानीय शाषन, पुर्ण सरसफाई अभियान जस्ता सामाजिक अभियानहरुलाई सफल बनाउन सकृय बन्ने ।
३. कृषि, पर्यटन तथा उर्जा क्षेत्रको व्यबस्थित विकास गर्दै आर्थिक समृद्धि हासिल गर्न सरोकारवाला निकायसँग हातेमालो गर्ने ।
४. स्थानीय सरकारको रुपमा गठन भएका स्थानीय तहहरुलाइ सबल, सक्षम, संस्थागत र जनउत्तरदायी बनाउन स्थानीय सरकार र अन्य निकायहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
नेपाल पत्रकार महासंघ सम्पुर्ण श्रमजीवी पत्रकारहरुको आस्था र निश्ठाको साझा संस्था हो । पत्रकार महासंघ पत्रकारहरुको पेशागत हकहितको प्रवर्द्धन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुरक्षाका लागि निरन्तर कृयाशिल रहनु पर्छ । राज्यको चौथो अङ्गको रुपमा स्थापित प्रेस जगतले लोकतन्त्रको अक्सिजनको रुपमा आफ्नो भुमिका निर्बाह गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान यही भुमिकामा उभिनेछ ।
(लेखक नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका पुर्व अध्यक्ष हुनुहुन्छ । यो लेख साउन २०७४ मा प्रकाशित शाखाको मुखपत्र सूचनाबाट आज शाखाको २४ औं स्थापना दिवसको अवसरमा साभार गरिएको हो । – सम्पादक ।)













