डेम्स बुढा मगर
प्यूठान जिल्लाको सर्बोच्च चुचुरोको नाम हो, कोठिभिर । यो नौबहिनी गाउँपालिका वडा नं. १ मा पर्दछ । जसको उचाइ समुन्द्र सतह देखि ३ हजार ६५९ मिटर छ । यो ठाउँ भौगोलिक रुपमा यसै त बिकट छ, त्यसैमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनीक आदि विविध दृष्टिकोणले समेत निकै हेपिएको, थिचिएको, निचोरिएको, फालिएको, थलिएको, चिथोरिएको एक नमुना गन्तव्य हो । पर्यापर्यटनको लागि स्वर्ग नै हो । एक पटक यहाँ पुग्ने जो कोहिको मनै लोभ्याउछ । यसै काखमा एक सुन्दर बस्ती छ, जहाँ विभिन्न जातजाति मिलेर बसेको छ्न । जहाँ अभावको बिचबाट बाचिरहेको छ, उठिरहेको छ, जागिरहेको छ, लम्किरहेको छ, अहिलेको सामाजिक संजालले गर्दा अझ जागरुक भएको छ । आफैमा प्रचार प्रसार गरिरहेकोछ ।
जिल्लाले आफ्नो क्षेत्रमा के-के छ थाहा नभए पनि देश देखि बिदेशसम्म रहेकाहरुले यहाँका संस्कार सँस्कृती देखिरहेको छन । यसो हुनु समाजिक संजालको ठूलो देन हो । यतिले मात्र पुग्दैन अब आफ्नै जिल्ला भित्र के के छ भनेर खोज्ने सम्बन्धित ब्यक्तिले चासो दिनु जरुरी छ । नौबहिनी गाउँपालिका १ नं. वडाबासीले पनि यहाँको संभावना बारे झकझकाउन जरुरी छ ।
यी हुन उठान गर्नुपर्ने बिषयहरु :
शिरिर ऋतुको अनुभव :
जिल्लाका बासिन्दा हिउँ खेल्न अन्नपूर्ण, माछापुच्छ्रे जस्ता अन्यत्र ठाँउ जाने गरेको पाईन्छ । तर यहीँ प्यूठानमा नै हिउँ खेल्ने ठाँउ छ भन्दा अचम्म मान्दा रहेछन । अब अचम्म मान्नु पर्दैन, यस्ता ठाउँ स्याउलिबाङ्गमा अबस्थित कोठिभिरको भकार क्षेत्र, नाङी लुरी, कुमकोठि भकार क्षेत्र आदि ठाँउमा पुग्नु भो भने हिउँसङ्ग मज्जाले खेल्न सक्नुहुनेछ ।

बसन्त ऋतुको अनुभव :
तपाईं कोलाहल बजारको छेउ बस्नुहुन्छ ? जताततै अनावश्यक ध्वनिले कान फुट्न लागिसक्यो ? यदि हो भने स्याउलिबाङ आउनुस जहाँ नेपालमा पाईने अधिकांश चराका चिरबिर सुन्न सक्नु हुनेछ जस्तै डाँफे, चिर, सिक्री, भिगुरा, डि फुर्सी, बीउ छर जस्ता अनेकौं पंक्षीका आवाज सुन्न सक्नु हुनेछ । साथै लालिगुराँसको राजधानी तिन्जुरे अर्कै ठाँउलाई भने पनि स्याउलिबाङ क्षेत्र नै लालिगुराँसको राजधानी हो भन्ने स्थानीय बासिन्दाको दाबी छ । किनकि तिन्जुरे तीन जिल्ला मिलेर धेरै क्षेत्र ओगटेको देखिन्छ भने यहाँ घना रुपमा एउटै क्षेत्रमा फुल फुल्ने हुनाले यसलाई नै लालिगुराँसको राजधानी भन्न उचित देखिन्छ । लालिगुराससँग लहलाउन, फोटो खिच्न यहाँ अबस्य आउनुस ।
शरद ऋतुको अनुभव :
आलु खाएर पेडाको धाग भन्ने सुन्नु भएको छ ? पक्कै सुन्नु भएको छ । त्यसो हो भने स्याउलिबाङ जानुस, जहाँ कुनै बिषादी बिनाको लोकल आलु खाएर तपाईं आनन्द महसुस गर्नुहुनेछ । हरियो खुर्सानी, दुर्गा टिमुर अझ सिल्टिमुरको छोप नभए अझ माथी कोठिभिरमा पाउने जम्मुसँग आलु नोपेर खानु भो भने तपाईंले बजार तिर खानु भएको बोइलरको रोष्ट, ललिपप बिर्सनु हुनेछ । जिन्दगीभर तपाईलाई सम्झना हुनेछ कि आलु खाएसी पेडाको धाग कस्तो हुन्छ भन्ने । यो स्वाद लिन स्याउलिबाङको खलेस्बाङ जानूपर्नेछ । यहि समयमा विभिन्न रंगीचंगी फुलहरु फुलेर सुगन्ध दिने समय पनि हो । जुन माथिल्लो भेग तिर पाईन्छ जस्तै बिजौरी फुल, जुम्रामार फुल, चुप्पिफुल, बुकि फुल आदि फुल । यति बेलै दशै पनि परेको हुनाले परम्परागत नाँचिदै आएको सराए नाँच पनि नाचिने भएकोले निकै ठूलो मेला समेत लाग्ने गर्दछ ।
बर्षा ऋतुको अनुभब :
के तपाईलाई जुकाले टोकेको अनुभब छ ? रुखमा पनि जुका हुन्छ भन्ने सुन्नु त भएको छ ? यस्ता अनुभव र प्रत्यक्ष भेट गर्न यहि आउनुस । संसारमा अनेक रेकर्डहरु हुन्छन, जस मध्य यहाँ पनि एउटा रेकर्ड पक्कै छ । जुन प्रचारको कमिले पिछडिएको छ, त्यो हो संसारमा सबैभन्दा धेरै जुका हुने ठाउँ यहि छ । जहाँ तपाईं ढुङ्गा माथि चढ्नु भो भने पनि त्यही ढुङामा तपाईलाई वरिपरिबाट जुकाले दाल्ल(घेर्न) आउनेछ । यहाँ सम्म कि खरी जुका भन्ने त रुखमा समेत हुन्छ । यो जुकाले टोक्यो भने चिलाउने घाउ भएर पाक्ने समेत हुन सक्छ । साथै यो समयमा ढोका(ढकायो) भन्ने एक पौष्टिक आहार (एक किसिमको साग) जुन शरीरलाई अबश्यक पर्ने सबै किसिमको पौष्टिक तत्व मिल्नुको साथै क्यान्सर हुन नदिने र निको पनि पर्ने हुँदा यो खानै पर्ने हुन्छ । धेरै जुका हुने ठाउँ तीखो र सरिमा क्षेत्र ठूलो बन क्षेत्र हो ।
जिल्लाबासी हो ! सुखशान्ति लिन चारधाम देखि बुदगया सम्म जान पर्दैन जीबनमा के-के अनुभव गर्ने मन छ ? सबै अनुभब गर्न हाम्रै जिल्लाको स्याउलिबाङमा आएर पुण्य कमाउनुहोस शुभकामना !











