> समाज > प्यूठानमा लाग्ने दशैं विशेष मेला : लुङको देवि मन्दिर


प्यूठानमा लाग्ने दशैं विशेष मेला : लुङको देवि मन्दिर

लुङ्गको देवि मन्दिर
बडादशैंको अवसरमा नौबहिनी गाउँपालिका६ लुङ स्थित देवि मन्दीरमा विशेष पुजाँआजा सहित दशैं मेला लाग्ने गर्छ । रिजालवन्दुको मुख्य केन्को रुपमा रहेकोे यस स्थानमा रिजालवन्दुको कुलघरमा जमरा राखि घटस्थापना गरिन्छ । नवमिसम्म दैनिक रुपमा नवदुर्गाको पुजाँआजा हुन्छ । नवरात्रीको दिन सुर्यअस्त पछि पुजाँपाठसंगै रातको १२ वजे बलिदिने प्रचलन छ । बोलीको रुपमा बोका, राँगो चढाइन्छ । मन्दीर परिसरमा काठको मौलो स्थापना गरिएको छ, जसलाई पुँजा गरिन्छ । स्थानीय विभिन्न समुहहरु यहि मौलोलाई केन्ति गर्दै भैलो खेल्छन् । जुन समुह यस दिन यहाँ भैलो खेल्छन्, तीनै समुहहरु आउने तिहारमा भैलो खेल्न पाउँछन् । अहिले भैलो नखेल्ने समुह तिहारमा भैलो खेल्न नपाउने यहाँको चलन छ । मेला व्यवस्थापन गर्न यहाँका युवाहरु संगठित भएका छन् । यहाँ हुने रिजालवन्धुको कुलपुजा (देवाली) राष्ट्रियरुपमै परिचित छ ।

प्रज्वल पहाडी
अध्यक्ष
प्रगतिशिल युवा विकास समाज नेपाल, लुङ प्यूठान