> Uncategorized > प्यूठानमा लाग्ने दशैं विशेष मेला – गढीकोटको मेला


प्यूठानमा लाग्ने दशैं विशेष मेला – गढीकोटको मेला

गढीकोटको मेला
वि.सं. २०२३ सालमा स्थानीय भोटमान खत्रीले खर्‍यानमा घाँस काँट्दै थिए । सोहि क्रममा एउटा शिला भेटियो । स्थानीय भेला भए । त्यस शिलालाई देवताको प्रतिक मानेर पुँजाआजा गर्न थाले । वडादशैको अवसरमा लाग्ने मेला मध्ये झिमरुक गाउँपालिका२ स्थित गडीकोट मेला पनि एक हो । गडीकोट आलमदेवि मन्दीर स्थापना गरि पुजाँआजा हुँदै आएको छ । बडादशैंको आठौं दिन अर्थात कालरात्रीको दिनदेखि कोजाग्रत पूर्णीमासम्म यहाँ विशेष पुँजाआजा गरिन्छ । यस अवधिमा चण्डीपाठ र बाचन गर्ने प्रचलन छ । कोजाग्रत पूर्णीमाको दिन वलि सहित विशेष मेला लाग्ने गर्छ । पञ्चवल चढाउने गरिन्छ । जसमा राँगो, बोका, परेवा, कुभिन्डो चढाउने गरिन्छ । पुर्णीमाको दिन लाग्ने सराय मेला पनि यहाँको मुख्य आकर्षण हो । मेला हेर्न जिल्लाका विभिन्न क्षेत्रवाट भक्तजन तथा दर्शकको घुँइचो लाग्ने गर्छ ।

बिमल प्रसाद पोख्रेल
बाँदिकोट, प्यूठान