> समाज > पोखरीमा डुबेर प्यूठानमा बालकको ज्यान गयो


पोखरीमा डुबेर प्यूठानमा बालकको ज्यान गयो

झइन्द्र भण्डारी
प्यूठान । स्वर्गद्वारी नगरपालिका-४ भिंग्री सातमोडेमा रहेको सातमोडे सिंचाइ पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

 

मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका दाङ रामपुर घर भएका भिम बहादुर परियारका ८ वर्षीय छोरा बिनोद परियारको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

उनी चन्द्रेश्वरी प्राथमिक विद्यालय भिंग्रीमा कक्षा २ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

 

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा ल्याउँदा बालकको मृत्यु भइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।