प्यूठान । भोलि असोज १ गते नेपाल सरकारले सार्बजनिक बिदा दिएको छ । भदौ २३ र २४ गते राजधानी काठमाडौं सहित देशभर जेनजी पुस्ताको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको शोकमा सार्बजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले सार्बजनिक सूचना जारी गर्दै राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रीपरिषद् निर्णय अनुसार बिदा दिएको हो ।
आन्दोलनका क्रममा ७१ जनाले ज्यान गुमाएका छ्न भने ३ सय बढी घाईते भएका छ्न ।












