> समाज > प्यूठान कारागार वरपरको क्षेत्रमा निषेधाज्ञा


प्यूठान कारागार वरपरको क्षेत्रमा निषेधाज्ञा

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले प्यूठान कारागार वरपरको क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि कारागारको २५ मिटर वरपरको क्षेत्रभित्र निषेधाज्ञा गरेको हो ।

 

निषेधाज्ञाको समयमा ५ जना भन्दा वढी व्यक्ति जम्मा भई कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,वैठक, घेराऊ जस्ता विरोधका कार्यक्रम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो ।

 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जारी गरिएको निषेधाज्ञा वर्खिलाप गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रजिअ नेपालको भनाई छ ।