प्यूठान । स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालिले खलंगादेखि चितवनको क्यान्सर अस्पताल गेटसम्म यातायात सेवा संचालन गर्ने भएकोछ ।
यात्रुहरूको चाप र माग अनुसार भदौ २२ गते आईतवार देखि ईभि एसि हाइस संचालन गर्ने प्रालिका कार्यलय प्रमुख बिकास सुवेदीले जानकारी दिनुभयो । बिहान ५:१५ बजे छुट्ने ईभि एसि हाईस ५:५० मा बाग्दुला र ६:१५ मा जुम्रि बसपार्कबाट छुट्ने छ । क्यान्सर गेटबाट खलंगाका लागि दैनिक बिहान ५:१५ बजे छुट्ने छ ।
यस्तै भदौ २२ गतेदेखि नै पर्यटकीय क्षेत्र स्वर्गद्वारीबाट काठमाडौंका लागि ईभी हाइस संचालनमा आउने प्रालिले जनाएको छ । स्वर्गद्वारीबाट बिहान ५:३० बजे काठमाडौंका लागि छुट्ने ईभि एसि हाईस ६:३० बजे किमिचाैर, ७ बजे भिंग्रि र ८ बजे चकचकेबाट काठमाडौंका लागि प्रस्थान गर्नेछ । काठमाडौंदेखि स्वर्गद्वारीका लागि बिहान ५:१५ बजे काठमाडौं बसपार्कदेखि छुट्ने कार्यालय प्रमुख सुबेदीले जानकारी दिनुभयो ।
घरमै बसेर स्वर्गद्वारी यातायात सेवा प्रालिकाे एप मार्फत विभिन्न रुटमा संचालन हुने यातायात सेवाको टिकट बुकिङ गर्न सकिने प्रालिले जनाएको छ ।
