> समाज > आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन


आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

प्यूठान । आज भाद्रकृष्ण औँसी कुशे औँसी पर्व घर–घरमा कुश भित्र्याएर मनाइदैछ ।

 

यसै अवसरमा छोराछोरीले परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

 

बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

 

आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।