> विचार > कृषिबालि बन्यजन्तुबाट क्षती, कस्ले दिने किसानलाई राहत ?


कृषिबालि बन्यजन्तुबाट क्षती, कस्ले दिने किसानलाई राहत ?

नेपाल कृषि प्रधान देश हो । यहाँका धेरै जसो नागरिकको जीवनयापन कृषि उत्पादनमा निर्भर गर्दछ। तर पछिल्ला केही समययता प्यूठानका किसानहरुले बन्यजन्तुबाट बालिमा व्यापक क्षति बेहोर्नुपरेको छ । गाउबस्तीहरूमा बाँदर, बँदेल, दुम्सि लगायतका बन्यजन्तुहरू खेतबारीमा पसेर पाक्दै गरेको अन्नबाली नष्ट गर्ने गरेका छन्। यसले कृषकको श्रम र लगानी दुबैमा क्षेति पुर्‍याएकाे छ ।

 

बन्यजन्तुका कारण मकै, धान, कोदो, गहुँ जस्ता मुख्य खाद्यान्नबालीमा क्षति हुने गरेको छ । बाँदरले फसल टिपेर फाल्ने, बँदेलले उखेलेर खाने बोटबिरुवा नै कुल्चिने जस्ता गतिविधिले उत्पादनमा प्रत्यक्ष असर पुगेकाे छ । बन्यजन्तु बाट हुने क्षतिका कारण कतिपय किसानले  खेती गर्न छाडेका उदाहरणसमेत देखिन्छ ।

 

प्यूठानका सबै स्थानीय तहमा धेरै किसानका खेतबारिमा लगाइएका बालिमा बन्यजन्तु प्रबेश गरि लगाइएका खेतिबालि खानेमात्र हाेइन नस्ट समेत गर्ने गरेकाे छ ।

 

नियन्त्रणका लागि स्थानीय स्तरमा आम नागरिकले काहीँ विद्युतिय पासाे थाप्ने गरेका छन भने काहीँ बालि संरक्षणका लागि रातभर जाग्राम बस्ने गरेका छन । बालि सुरक्षाका लागि थापिएका पासाेमा परि कहिकतै नागरिकले ज्यान समेत गुमाउनु परेकाे छ भने केही नागरिक यहि कारण कारवास जीवन बिताउन बाध्य भएका छन । यस्ले किसानमा झन निरासा थपेकाे छ ।

 

यसरी चिन्तित बनेका कृषकहरुमा आसा जगाउने काम गर्नु स्थानीय सरकारकाे जिम्मेवारी हाे कि ? त्यसकारण स्थानीय सरकारले बालि सुरक्षाका लागि  केही कार्यक्रम लिनुपर्ने जरुरत छ । नत्र कृषिका क्षत्रमा गरिएको लगानि बालुवामा पानी खन्याए सरह हुन्छ ।

 

बन्यजन्तुबाट बालि संरक्षण गर्न विभिन्न उपायहरू अवलम्बन गरिएका छन्, जसमध्ये केहि उपायहरू सुझाउन सकिन्छ ।

 

जाली वा तारबार लगाउने – खेत वरिपरि फलामे तार वा कड्के जाली लगाइँदा ठूला जनावर भित्र पस्न सक्दैनन् ।

 

विद्युतिय घेराबार  – सौर्य ऊर्जाबाट सञ्चालित हल्का करेन्ट प्रवाह हुने घेराबार बन्यजन्तुलाई रोक्न प्रभावकारी उपाय हो ।

 

स्थानीय सुरक्षापालो प्रणाली – गाउँले मिलेर रात्रिकालीन पहरा बस्ने वा आवाज निकाल्ने यन्त्र प्रयोग गर्ने अभ्यास पनि उपयोगी हुन्छ ।

 

अनुदान तथा बीमा कार्यक्रम – सरकारले बन्यजन्तु क्षति न्यूनीकरणका लागि बीमा तथा राहत कार्यक्रम ल्याउनुपर्छ ।

 

जङ्गल संरक्षण र व्यवस्थापन – बन्यजन्तुको आहार र बासस्थान जङ्गलमै सुनिश्चित गरिएमा तिनीहरू बस्तीमा झर्ने सम्भावना कम हुन्छ ।

 

तसर्थ बन्यजन्तु र मानवबीचको द्वन्द्व समाधान गर्न दीर्घकालीन योजना आवश्यक छ। एकातर्फ बन्यजन्तुको संरक्षण जरुरी छ भने अर्कोतर्फ कृषकको जीविकोपार्जन पनि सुरक्षित हुनुपर्छ। त्यसैले दुवै पक्षलाई सन्तुलनमा राख्दै व्यवहारिक र प्रविधिमैत्री उपायमार्फत बालि संरक्षण गर्न सके मात्र कृषिमा आत्मनिर्भरता सम्भव छ।

श्रीराम भण्डारी
भण्डारी नेपाल पत्रकार महासघ जिल्ला शाखा प्यूठानका अध्यक्ष हुनुहुन्छ ।