> राजनीति > प्रतिनिधिसभा सदस्य थापा तुर्कमेनिस्तान प्रस्थान


प्रतिनिधिसभा सदस्य थापा तुर्कमेनिस्तान प्रस्थान

प्यूठान । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का पोलिटव्युरो सदस्य सूर्यबहादुर थापा क्षेत्री तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको छ ।

 

संघीय सांसदको हैसियतमा उहाँ तुर्कमेनिस्तानको अवाजमा संयुक्त राष्ट्र संघको आयोजनामा आगामी अगस्ट ५ देखि ८ गतेसम्म हुने भुपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो विश्व सम्मेलन (Third UN Conference on LLDCs) मा सहभागी हुनु तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको हो ।

 

अगस्ट ४ तारिखमा हुने पार्लियामेन्ट्री फोरमको थिमेटिक सेसन-३ मा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।

 

उक्त सेसनमा उहाँले प्यानल मेम्बरका रूपमा “Building Peace, Trust and Accountable Governance : Enablers of Sustainable development in LLDcs” विषयमा नेपालको संसदका तर्फबाट आफ्नो विचार समेत राख्नुहुने छ।